Bisal Chautari Logo

‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना

- २१ श्रावण २०७६, मंगलवार ०९:३० मा प्रकाशित


Mister world 2019
विशाल चौतारी समाचार
काठमाण्डौ, २०७६ श्रावन २१ मंगलवार।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् ।

आइतबार मन्त्रालयमा भेट गर्दै मन्त्री भट्टराइले ‘मिस्टर वल्र्ड’ नेपाल चिनाउने एउटा महत्वपुर्ण प्लेटर्फम भएको बताए । उनले उक्त मन्चबाट भिजिट नेपाल २०२०को सन्देश समेत प्रवाह गर्दै नेपालक भ्रमणको निम्तो समेत दिन अक्षयलाई आग्रह गरे ।
‘नेपालका सबै युवाहरुको प्रतिनिधित्व गरेर तपाई ‘मिस्टर वल्र्ड’मा जादै हुनुहन्छ’ मन्त्री भट्टराइले भने ‘फर्कर आएपछि तपाइलाई अभिनन्दन समेत गरौला । महत्वपुर्ण कार्यक्रममा जादै हुन्छ । भिजिट नेपाल २०२०का लागि सबैलाई निम्तो गर्नु होला ।
रायमाझीले मिस्टर नेपाल आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापा लगायत एक टोलीका साथमा मन्त्री भट्टराइलाई भेटमा मन्त्रालय पुगेका थिए । भेटमा अक्षयले मन्त्री भट्टराइलाई आफुले नेपालबाट लैजान लागेको भोषभुषा, कलासंस्कृतिको साथमा तयारीको समेत जानकारी गराएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।
बिश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा शिर्ष उपाधि नेपाल भित्र्याउनु आफ्नो प्रमुख लक्ष्य हुने अक्षयले बताए ।

प्रतिक्रिया