Bisal Chautari Logo

स्व. निर्देशक रेग्मीको नाममा गृहनगरमा चौतारो

- १० चैत्र २०७०, सोमबार १६:३० मा प्रकाशित


विशाल चौतारी समाचार
चितवन, १० चैत ।
राम्रा मानिस सधै र छिट्टै भगवान्को प्यारो हुन्छ, भन्ने भनाइ अहिले आएर स्व. निर्देशक शिव रेग्मीको जिवनमा लागु भएको छ । नेपाली चलचित्र क्षेत्रमा अतुलनिय योगदान दिएर हामिमाझ नरहेपनि उनका अमर–अमर कृतिहरुले हामिमाझ जिवीत तुल्लाइरहेको छ ।
स्व. निर्देशक रेग्मी यो संसारमा नरहेपनि उनले पछिल्लो चोटि निर्देशन गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ प्रर्दशनको क्रममा रहेको छ । यस चलचित्रका निर्माता तथा निर्माण युनिटले उनको अभावलाई सम्मान गर्दै स्व. निर्देशक शिव रेग्मीका नाममा उनकै गृहनगर चितवनमा चौतारा निर्माण गर्ने भएको छ । गत आइतबार स्वं रेग्मीको चितवनस्थित बाह्रघरेमा पुगेका निर्माण युनिटले चितवनमा यात्रु प्रतीक्षालय चौतारा निर्माण गर्ने घोषणा गरेको हो ।
निर्देशक रेग्मीको बायोग्राफी तथा पोस्टर सार्वजनिक गर्न चलचित्रका निर्माण युनिट आइतरबार बाह्रघरे पुगेका थिए । सो अवसरमा निर्माता सिटौलाले स्व. निर्देशक रेग्मीको नाममा यात्रु प्रतीक्षालय निर्माण गर्ने घोषणा गरेका हुन् । यसअघि ‘शिव रेग्मी अक्षय कोष’ स्थापना गरिसकेको छ ।
 उक्त कोषबाट प्रतयेक वर्ष एक जना क्रियाशील कलाकार तथा पत्रकारलाई पुरस्कृत गरिने निर्माता सिटौलाले बताए । चलचित्र ‘मनले मनलाई छुृन्छ’ स्वं रेग्मी निर्देशित अन्तिम चलचित्र हो । यो चलचित्र २८ चैतबाट देशभर रिलिज हुदैछ । कार्यक्रममा चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका निर्देशक रेग्मीको ६ मिनेटको बायोग्राफी देखाइएको थियो । रेग्मीको बायोग्रफी हरेपछि उपस्थित दर्शकदीर्घाको आँखा रसाएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्रकी अभिनेत्री गरिमा पन्तले शिव रेग्मीसाग काम गर्न पाएकोमा आफ्नो एउटा इच्छा पूरा भएको बताइन् । उनले भनिन्, ‘हरेक कलाकारको इच्छा राम्रो निर्देशकसाग काम गर्ने इच्छा हुन्छ, त्यो इच्छा मैले शिव रेग्मीसाग उहााको अन्तिम चलचित्रमा काम गरेर पूरा गरेकी छु । उहाँ चलचित्र क्षेत्रको एकदमै कुसल निर्देशक हुनुहुन्थ्यो ।’ त्यस्तै, अभिनेता बिरेन श्रेष्ठले शिव रेग्मीको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ उत्कृष्ट बनेकाले सबैलाई हेरिदिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै रेग्मी पत्नी ज्ञानु रेग्मीले चलचित्र ‘मनले मनलाई छुन्छ’ निर्देशक रेग्मीको ‘आफन्त’पछि उत्कृत्ट चलचित्र बनेका बताउादै आफ्नो पतिको अन्तिम सिर्जनालाई एकपटक हेरिदिन आम दर्शकलाई आग्रह गरिन् । कार्यक्रमको अवधिभर रेग्मीकी आमा भक्तमाया रेग्मी भाव विहृवल भइरहेकी थिइन । उनले आफ्नो छोरोको अन्तिम चलचित्रलाई हेरर साथ दिन आग्रहसमेत गरेकी छन् ।

add

प्रतिक्रिया