Bisal Chautari Logo

पावलले पाचँ वर्षमा खोटाङको वृतचित्र तयार पारे

- १० चैत्र २०७०, सोमबार १७:११ मा प्रकाशित


khotang-Dacumentry-Pawal-Chamling
विशाल चौतारी समाचार
काठमाडौं, १० चैत ।
सगरमाथा अञ्चलमा पर्ने खोटाङ जिल्लाको बारेमा तयार पारेको डकुमेन्ट्रि प्रर्दशन हुने भएको छ ।

करिव पाँच वर्ष अगाडी देखी निर्देशनमा जुटेका यस डकुमेन्ट्रिका निर्देशक तथा निर्माता पावल चाम्लिङले यस डकुमेन्ट्रिका बारेमा बोल्दै भने ‘खोटाङ जिल्लाको पर्यटन, सास्कृतिक, धार्मिक, कृषि, सामाजिक तथा शैक्षिक जस्ता कुराहरुलाई उजागर गर्ने उद्देश्यले खोटोङ चिनारीको रुपमा ‘द नेचर अफ खोटाङ’ नामक बृतचित्र तयार पारेको हु,’ चाम्लिङले बताए । आम खोटाङ्गेहरुको आग्रहमा आफुले धेरै मेहेनत गरेर निर्माण गरेको वृतचित्र प्रर्दशन गर्न गालेको निर्देशक चाम्लिङले बताए ।
पुर्वको पसुपतिनाथ भनेर चिनिने हलेसी महादेविस्थानको जिल्ला खोटाङमा हुने गरेका प्राय सबै समुदायका रहन सहन, संस्कार संस्कृतीहरुलाई समेटिएको निर्देशक चाम्लिङले बताए । यस वृतचित्रले खोटाङमा विशेष गरेर पर्यटन बढाउने काममा सहयोग पुर्‍याउने आसा लिएको निर्देशक पावल चाम्ङिङ्गले बताए ।

add

प्रतिक्रिया