Bisal Chautari Logo

प्रितम र आयुषले भेटे केपी शर्मा ओलीसंग, दुबैलाई प्रधानमन्त्रीको सपिङ्ग (भिडियो सहित)

- ६ श्रावण २०७६, सोमबार ०८:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७६ श्रावन, ६ सोमबार।
ईटहरी र इटहरीका प्रीतम आचार्य र आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसगं भेटबार्ता गरेका छन् । भेटमा प्रीतम र आयुषले सारेगमप रियालीटि शोमा सहभागी हुदाको अनुभन सुनाएका छन् । आईतबार करिव ११ बजे तिर प्रधानमन्त्रीसंग भेटघाट भएको थियो । भेटघाट करिव एक घण्टा भन्दा बढि भएको थियो भने भेट पश्चात प्रधानमन्त्रीको आफ्नो स्वकीय सचिबको साथमा भाटभटेनि सुपर मार्केटमा लगेर मनलगेको सपिङ गरिदिनु भएको प्रीतमका संगीत गुरु राजु केसीले डिथ्री अनलाईनलाई बताउनु भयो । हेर्नुस प्रितम र आयुषले प्रधानमन्त्री संग भेटघाट गर्दाको भिडियो ।

राजु केसीको अनुसार प्रधानमन्त्रीले बाल गायकद्वयलाई राम्रो संग पढनु पर्छ, तिमीहरुले राष्टको लागि केहि गर्नु पर्छ, राम्रो गित गाउनु र तिमीहरुले अझ राम्रो गदै जानुू भनेर सुभकामना दिनुभएको छ । प्रीतम आचार्यले प्रधानमन्त्रीलाई ूजहाँ छन् बुद्धका आखाू बोलको गित गाएर सुनाएका थिए । प्रधानमन्त्रीले पनि प्रीतमको सो गीत प्रस्तुतिमा ताली बजाउनु भएको थियो । त्यस्तै आयुष केसीले पनि ूआफ्नै घर ढलेको छू बोलको गित गाएका थिए ।

भेघटघाटमा प्रधानमन्त्री लगायत मिडियाकर्मी र उच्च अहोदाका विभिन्न व्यतिहरुको उपस्थिति रहेको थियो । भारतको चर्चित टेलिभिजन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा प्रीतम तेस्रो र आयुष चैथो भएका थिए । इटहरी ५ स्थायी घर भई इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर १२ बर्ष लागेका छन् । उनि सङ्गीत र पढाइलाई सँगसँगै लागिरहेका छन् । प्रितम भारतको शो बाट फर्के पछि धेरै सम्मान र पुरस्कारहरु पाएका छन् भने विभिन्न कार्यक्रमहरुमा ब्यस्त बनेका छन् ।

प्रतिक्रिया