Bisal Chautari Logo

युटुव ट्रेन्डिङ्गको १ नम्बरमा ‘भैरे’

- ५ श्रावण २०७६, आईतवार ०५:३२ मा प्रकाशित


bhaire full nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ श्रावन, ५ आइतबार ।
एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’ युटुब ट्रेन्डिङ्गको नम्बर एकमा आएको छ । यो फिल्म युटुबमा रिलिज भएको दोस्रो दिनमै ट्रेन्डिङ्गको एकमा आउन सफल भएको हो ।

निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवादित अन्तर्वार्तालाई विस्थापित गर्दै ‘भैरे’ ट्रेन्डिङ्गको पहिलो नम्वरमा आएको हो । हामिले समाचार बनाइरहेको समयसम्ममा १० बढी बढि दर्शकले हेरिसकेका छन् ।
चलचित्र ‘भैरे’लाई फेरी एकचोटि दर्शकहरुले रुचाएका छन् । युट्युवमा धेरै जस्तो कमेन्ट अभिनेता दयाहाङ राईलाई मेन्सन गरेर कमेन्टहरु आएका छन् । चलचित्र ‘भैरे’मा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह–निर्मातामा छन् ।
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । सूर्य थोक्करको द्वन्द्व रहेको छ ।

प्रतिक्रिया