Bisal Chautari Logo

दीपिकाले भन्सालीको सिनेमा छाडिन्

- ११ चैत्र २०७०, मंगलवार १३:४१ मा प्रकाशित


Deepika Padukone Rejects Sanjay Leela Bhansali’s Offer
एजेन्सी
मुम्बई, ११ चैत ।
पछिल्लो समय बलिउड चलचित्र क्षेत्रमा निकै व्यास्त निर्देशक संञ्जय लीला भन्सालिले अभिनेता रणवीर सिंह र दीपिका पादुकोणद्धरा अभिनीत तथा उनीद्धरा पछिल्लो निर्देशित चलचित्र ‘गोलियो की रसलीला रामलीला’ सफल भएपछि यी दुई जोडीलाई नै लिएर अर्को सिनेमामा काम गर्न चाहन्थे । तर निर्देशक भन्सालीको यो चाहना भने चाहनामै सिमीत भएको छ । 
निर्देशक सञ्जय भन्सालीद्धरा निर्देशन गरिने भएको चलचित्र ‘बाजीराव मस्तानी’ सिनेमामा अभिनेत्री दीपिकाले काम नगर्ने भएकी छिन् । समाचारको अनुसार अभिनेत्री दीपिका पादुकोणले निर्देशक सञ्जयको चलचित्र छाडेर करण जोहरको पछिल्लो चलचित्र ‘शुद्धी’मा काम गर्ने भएकी छिन् ।
गत वर्ष सफल चलचित्र तथा सफल जोडी समेत अभिनेत्री दीपिका र रणवीरको नाम आएको थियो । सो कारणपनि चलचित्र ‘बाजीराब मस्तानी’मा निर्देशक भन्सालीले आफ्नो चलचित्रमा लिन चाहेका थिए । अर्को वर्ष रिलिज गर्ने भएर तयार पारिसकेको निर्देशक करणको चलचित्रमा अभिनेता ऋतिक रोशन र करीना कपुर खानले चलचित्र छाडिदिएपछी चलचित्रको सुटिङ हुन केही ढिला भइरहेको छ । रिलिज डेट तयार भइसकेकालेपनि चलचित्रका कलाकारहरु छिटो भन्दा छिटो छानि सक्ने बताइएको छ ।

add

प्रतिक्रिया