Bisal Chautari Logo

फ्यानहरु जन्मदिनको अवसर पारेर प्रेम–प्रस्ताव राख्छन् – रीमा विश्वकर्मा

- ११ चैत्र २०७०, मंगलवार १७:०९ मा प्रकाशित


Reema Bishwokarma
मेरा फ्यान
ब्रेकर : फ्यानहरुको साथ जबसम्म हुन्छ, कलाकारितामा एउटा कलाकार बाँचिरहिन्छ भन्ने मलाई लाग्छ । अन्य कलाकारको हकमा तँ म भन्न सक्दिन, तर मेरो कलाकारीता जीवनमा भने फ्यानहरुको छुट्टै, महत्तवपूर्ण स्थान छ ।
रीमा विश्वकर्मा, अभिनेत्री
नेपाली कलाकारितामा लागेको खासै धेरै वर्षको छैन । तर यो क्षेत्रमा आएको थोरै समय भए पनि सोचेको भन्दा धेरै फ्यान पाएकी छु । ती फ्यानहरुबाट मैले निकै माया र हौसला पाइरहेकी छु । यसले गर्दा मलाई कलाकारीतामा निरन्तर लागिरहन प्रेरणा मिलेको छ । कलाकारीतामा लागेपछि अनेक किसिमका फ्यान हुने गर्दछन् । मेरा पनि धेरै किसिमका फ्यानहरु छन् ।
मलाई रेगुलर म्यासेज पठाउने, मेरो राम्रो नराम्रो, चिन्ता गर्नेदेखि लिएर म सधैँ हिँड्ने बाटोमा फूल बोकेर बस्नेसम्मका फ्यानहरु छन् । आखिर जे–जस्ता फ्यान भए पनि अहिले फ्यानसँग म नजिकिने माध्यमचाहिँ इन्टरनेट नै भएको छ । फेसबुकका माध्यमबाट फ्यानहरसँग बढी नै कुरा हुन्छ । यसबाट फ्यानका सबै कुरा थाहा पाइन्छ भने उनिहरले मनमा लागेको कुरा पनि मलाई भन्छन् । कतिपय फ्यानले त फेसबुकबाट फोन नम्बर माग्छन् र फोन पनि गर्छन् । फ्यानहरुले गर्ने फोन मलाई डिस्टर्ब गर्ने किसिमका हुँदैनन्, जतिको फोन आउँछ ती सबैसँग सकारात्मक कुरा मात्र हुन्छन् ।
मेरो तीन जना फ्यान यस्ता छन् जसले मलाई रेगुलर फोन गरिरहन्छन् । मैले नम्बर दिएकी होइन, उनीहर आपैँmले नम्बर पत्ता लगाएर फोन गर्न थालेका हुन् । उनीहरको नम्बर मैले फ्यान वान, फ्यान टु, फ्यान थ्री भनेर सेभ गरेकी छु । तीमध्ये एकजना केटी हुन् भने दुईजनाचाहिँ केटा । करिब एक वर्ष अगाडिदेखि प्रमिला भन्ने मेरो फ्यान भएकी छन् । प्रमिलाले कुनै कार्यक्रममा सञ्चारकर्मी मित्रसित मेरो नम्बर लिएकी रहिछन् । पहिलोचोटि उनले मलाई फोन गर्दा निकै डराएको महसुस मैले गरेकी थिएँ । उनले ‘म तपाईंको फ्यान’ भन्दै मेरो अभिनयको तारिफ गरिन् । अझ उनले त अभिनयका लागि चाहिने केही खुराकबारे पनि मलाई जानकारी दिइन् । त्यो खुराक मलाई अहिलेसम्म पनि अगाडी बढ्ने कुरामा मार्गदर्शक भइरहेको छ ।
फेसबुक मार्फत तिनवर्ष अगाडिदेखि साथी बनेका अभिषेक सँग पनि करिव एक वर्ष देखि फोन सम्पर्क भइरहेको छ ।

उनी अमेरीका बस्छन् तैपनि, उनि मेरो अभिनयको उतार चढावबारे पूरै जानकारी राखिरहेका हुन्छन् । उनी मेरो अभिनयको तारिफ गर्छन् र मेरो प्रगतिको कामना पनि फोनबाटै गर्छन् । उनी नेपाल आएको बेला मलाई भेट्न अति उत्सुक थिए । उनको यो उत्सुकता त्यतिबेला पूरा पनि भयो जतिबेला उनी नेपाल आए । हामीले दरबार मार्गमा भेटेर लामो कुराकानी गर्‍यौँ । उनी एकदमै एक्साइटेड देखिन्थे । अचेल उनी मेरो नजिकको साथी बनेका छन् । उनी मात्र होइन, अरु पनि धेरै फ्यानहरु छन्, जो मेरोबारेमा सकारात्मक चासो राख्छन् । अझ, उनिहरको बढी चासो त मेरो जन्मदिनको अवसरमा हुने गरेको छ । फ्यानहरुले मलाई जन्मदिनको शुभकामना दिए पनि अहिलेसम्म जन्मदिनको कार्यक्रममा फ्यानहरलाई सहभागी गराउन भने पाएकी छैन । फेसबुकमा जन्मदिनको म्यासेज धेरै नै आउने गरेको छ । कतिपय फ्यान तँ जन्मदिनकै अवसर पारेर मलाई प्रेम प्रस्ताब राख्ने गर्छन् । त्यति मात्र कहा हो र, ‘भ्यालेन्टाइन डे’मा त फोन स्विच अफै गर्नुपर्छ । त्यसो नगरे फ्यानहरको फोन ‘ह्याङ्’ नै हुने गरी आउँछ । त्यसरी आएका फोनबाट कती प्रेम प्रस्ताव त कति नचाहिँदा प्रस्ताव हुने गरेका छन् ।
कलाकारीतामा लागेदेखि अहिलेसम्म फेला परेका फ्यानमध्य मेरा लागि महत्त्वपूर्ण भनेको प्रमिला नै हो । किनभने, उनी केबल मेरो फ्यान मात्र नभएर मेरा हरेक कामका लागि अबिभावक जस्तो भूमिका निर्वाह गरिरहेकी हुन्छिन्् । त्यसो त कलाकारका लागि हरेक फ्यान उतिकै महत्तवपूर्ण हुन्छन् । कलाकारीतामा टिक्न र बिक्न फ्यानहरुको नै साथ र माया चाहिन्छ । फ्यानहरुको साथ जबसम्म हुन्छ, कलाकारितामा एउटा कलाकार बाँचिरहिन्छ भन्ने मलाई लाग्छ । अन्य कलाकारको हकमा तँ म भन्न सक्दिन, तर मेरो कलाकारीता जीवनमा भने फ्यानहरुको छुट्टै, महत्तवपूर्ण स्थान छ ।

प्रस्तुति : विशाल राई

नोट : सबै तस्विर अभिनेत्री रिमाको फेसबुक प्रोफाईलबाट साभार गरिएको हो ।
add

प्रतिक्रिया