Bisal Chautari Logo

उर्लाबारीमा सार्वजनिक शौचालय मर्मत सम्भार गरिने

- १२ चैत्र २०७०, बुधबार ०४:५८ मा प्रकाशित


nepal-news
तेजन खड्का
उर्लाबारी, १२ चैत ।
उर्लाबारीमा लथालिङ्ग रहेको सार्वजनिक शौचालय मर्मत सम्भार गरिने भएको छ । उर्लाबारी गाविसको सहयोगमा सिद्धार्थ क्लव उर्लाबारीले मर्मत सम्भार गर्ने भएको हो । गाविसका प्राविधिक बालकुमार बराल र सिद्धार्थ क्लवका पदाधिकारीले आज पुन: शौचालयको निरीक्षण गरेका छन् ।
सिद्धार्थ क्लवका अध्यक्ष कम्लेश राईले शौचालय मर्मत सम्भारमा अनुमानित ५० हजार खर्च हुने बताउनुभयो । शौचालय जिर्ण र लथालिङ्ग भएको कारण यात्रुहरुलाई शौचको लागि समस्या हुने गरेको छ । २०६१ सालमा निर्मित शौचालय सरसफाई र मर्मत सम्भारमा कसैले  चासो नदेखाएपछि सो शौचालय लथालिङ्ग अवस्थामा पुगेपछि सिद्धार्थ क्लवको ध्यान गएको हो । यात्रुहरु अझै पनि नाक थुनेर बाध्यतावश शौचालय छिर्ने गरेका छन् । शौच गर्दा गर्दै भत्किएर इटाले किच्ने हो कि भन्ने त्रास छ । सिद्धार्थ क्लवका कोषाध्यक्ष अजित चौम्लागाईले  यात्रुहरुको सहजता र उर्लाबारीको पहिचानको लागि शौचालय मर्मत सम्भारमा जुटेको जानकारी दिनुभयो । कोषाध्यक्ष चौम्लागाई भन्नुभयो,मर्मत सम्भार पछि शौचालयका लागि उपयुक्त जग्गा खोजेर नयाा शौचालय निर्माणमा जुट्नेछौ । सिद्धार्थ क्लवले बिहीवारबाट मर्मत सम्भारको काम थाल्ने जनाएको छ । यसैविच गाविस सचिव हरिप्रसाद सुवेदीको संयोजकत्वमा सर्वदलिय संयन्त्र र सिद्धार्थ क्लवका प्रतिनिधी रहेर शौचालयको लागि उपयुक्त जग्गा खोजी नयाा शौचालय निर्माण गर्ने निर्णय भएको छ । सिद्धार्थ क्लवका सचिव सुवास बस्नेतले मर्मत सम्भार पछि शौचलायको आम्दानीको  ५० प्रतिशत रकम  अनाथ तथा असाहय बालबालिका लाई सहयोग गरिनेछ ।

add

प्रतिक्रिया