Bisal Chautari Logo

‘बीर विक्रम २’को ट्रेलर रिलिज ||पल र नाजिर वर्षाको प्रेममा ||भिलेनको अवतारमा बुद्धि

- १२ बैशाख २०७६, बिहीबार ११:२९ मा प्रकाशित


Bir Bikram 2 Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख १२ बिहिबार ।
वर्ष ०७६को प्रतिक्षीत फिल्म ‘बीर विक्रम २’ को ट्रेलर रिलिज गरिएको छ । आज बिहीवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो । फिल्म जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चर्चित निर्देशक मिलन चाम्सद्धरा निर्देशित ट्रेलरमा प्रेम, मित्रता, द्वन्द्व, कमेडीको सबै समेटिएको छ । ट्रेलरमा अभिनेता पल शाह र नाजिर हुसेनको मित्रतालाई निकै रोमाञ्चक र मन छुने ढंगबाट देखाइएको छ । चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीलाई पल र नाजिरसंगको प्रेमका साथै नेगेटिभ रोलमा रहेकोपनि अनुमान ट्रेलरबाट लगाउन सकिन्छ । अभिनेता बुद्धि तामाङ पहिलो चोटि भिलेनको रुपमा प्रस्तुत भएका छन् । ट्रेलरमा बुद्धिले बोलका संवाद दर्शकका लागी फरक हुन सक्छन् ।
चलचित्र बीर विक्रम २ करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको सिनेमा ‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्सका अनुसार फरक कथावस्तुमा निर्माण छ चलचित्र । ‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन्, भने अर्पण सापकोटा निर्माता रहेका छन् ।
चलचित्रमा पल, नाजिर, वर्षा र बुद्धीका अलवा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया