Bisal Chautari Logo

राज खम्बु र मेलिनाको गीत ‘हेरन कान्छी’ रिलिज || आसिफ र रेश्मा जोडीले कम्मर मर्काए (भिडियो)

- ५ बैशाख २०७६, बिहीबार १६:१९ मा प्रकाशित


Asif Shah and Reshma Ghimire music video Raaz Khambu & Melina Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख ५ बिहिबार ।
गायक राज खम्बु र मेलिना राईको स्वरमा ‘हेर्न कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । उद्धय राज पौडेलको संगीत समायोजन रहेको छ ।

सार्वजनिक भिडियोमा ईन्स्टाको फोटो गीतको चर्चित जोडी अभिनेता आसिफ शाह र अभिनेत्री रेश्मा घिमिरे फिचर्ड छन् । ईन्स्टाको फोटोपछि आशिफ र रेश्माले यो गीतमा कम्मर मर्काएका हुन् । डान्सिङ नम्बर गीतमा आशिफ र रेश्माको जोडी जमेको छ ।

सान थापाले निर्देशन गरेको भिडियोमा राजिव समर र शिशिर खातीको कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले छायांकन गरेका म्युजिक भिडियोलाई सप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
गायक राज खम्बुको यो गीतका प्रस्तुतकर्ता स्वर्गीय अन्सु राई हुन् । गायक खम्बुको पहिलो एल्बम १० वर्ष अगाडी ‘चिनो’ बजारमा आएको थियो । गायक खम्बुको केही महिना अगाडी ‘यहि त होला माया’ बोलको गीतले पनि चर्चा पाएको थियो ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया