Bisal Chautari Logo

साकिराको विश्वकपका लागि नयाँ गीत तयार पारिन् (भिडियो सहित)

- १२ चैत्र २०७०, बुधबार ०९:२६ मा प्रकाशित


Shakira La La La “Lyrics” (The Official 2014 Brasil FIFA World Cup Song)
एजेन्सी समाचार
न्युयोर्क, १२ चैत ।
विश्वकप फुटवलबाटै विश्वमै चर्चामा आएकी गायिका चचिर्त कोलम्बियन पपस्टार सकिराले यसपटकको विश्वकप फुटबलका लागि पुन: अर्को नया गीत गाएकी छिन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका लागि उनले गाएको ‘वाका वाका’ बोलको गीत सार्वाधिक चचिर्त भएको थियो ।
गायिका साकिराको २०१४ को वल्डकपका लागी नयाँ गीतको बोलको ‘ला ला ला’ रहेको छ । यसपालीको गीत गायिका स्वयंम उनी आफै लेखेकी हुन् । यो नयाँ गीत ‘डेयर’को संशोधित रुप हो । गीतको रेकडिङर्ग भईसकेको छ र यो गीत युट्युबमा पनि सार्वजनिक भएको छ । केही म्युजिक कम्पनीले फुटबलका केही दृष्यलाई मिलाएर गीतको भिडियो नै बनाएर सार्वजनिक गरेका पनि छन् । आफ्नो एल्बममा समावेश भएको ‘डेयर’ बोलको गीतको संशोधित रुपको रुपमा उनले विश्वकप गीतलाई तयार पारेकी हुन् । ब्राजिलमा हुने फुटबलको महाकुम्भमेलामा साकिराको ‘ला ला ला’ ले सबैको ध्यान खिच्नेमा गायिका साकिरा विश्वस्त देखिएकी छिन् । नया गीत हेर्न यहा क्लिक गर्नुहोस् । पुरानो वल्डकप गीत हेर्न यहा क्लिक गर्नुहोस् ।

add

प्रतिक्रिया