Bisal Chautari Logo

‘ए मेरो हजुर ३’को टाइटल गीत रिलिज || अनमोलको फ्यान सुहाना (भिडियो सहित)

- २८ चैत्र २०७५, बिहीबार ०८:१३ मा प्रकाशित


A MERO HAJUR 3 title song Anmol KC and Suhana Thapa
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८ बिहिबार ।
वर्षकै बहु प्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ३’को टाइटल गीत रिलिजको अघिल्लो दिन बिहिबार सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र २९ गते रिलिज हुने सिनेमाको ‘ए मेरो हजुर’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक टाइटल गीतमा सुपरस्टार अनमोल केसीलाई एक चर्चित गायकको रुपमा फिचर्ड गरिएको छ, भने डेव्यु गर्ल सुहाना थापालाई एक दर्शकको रुपमा देखाइएको छ ।
चलचित्रको यसअघि सार्वजनिक गीत ‘जिन्दगी नै भन्दीन’, ‘परान’ र ‘चिट डे’ बोलको गीतले दर्शकबाट राम्रो साथ पाइरहेको छ । साथै केही दिन अगाडी सार्वजनिक भएको ट्रेलरको चर्चाले सिनेमाको चर्चा लोभ लाग्दो देखिएको छ ।

ट्रेलर रिलिजको भिडियो हेर्नुहोस् :-

सार्वजनिक गीतमा गायक प्रताप दासको स्वर रहेको छ । गीतमा प्रतिक पौडेलको शब्द रहेको छ भने, संगीत प्रतिक र पुष्पन प्रधानको रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।
स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

टाइटल गीत हेर्नुहोस् :-

प्रतिक्रिया