Bisal Chautari Logo

टंकको संगीतमा समिक्षाको तेस्रो गीत ‘ब्युटि ब्युटि’ भिडियो रिलिज (भिडियो सहित)

- २७ चैत्र २०७५, बुधबार १२:५० मा प्रकाशित


Samikshya Adhikari and Tanka Budathoki song Beauty Beauty
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २७ बुधबार ।
भाइरल गायिका नामले परिचित समिक्षा अधिकारीको तेस्रो गीत सार्वजनिक भएको छ । चर्चित संगीतकार टंक बुढाथोकीको संगीतमा तयार भएको ‘ब्युटि ब्युटि’ बोलको गीत टंक बुढाथोकी अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पहिलो गीत ‘बालापनको उमेर’, दोस्रो गीत बनमा काफल बोलको गीतबाट चर्चामा आएकी गायिका समिक्षा अधिकारीको तेस्रो गीत निकै राम्रो बनेको छ । गीतमा सर्बिन बोगटीको स्वर र सगोत्री आचार्यको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ । ‘चौरीको चाम्रो छुर्पी’को सफलता पछि बुढाथोकीले यो गीतमा संगीत भरेका हुन् ।

समिक्षा र टंकको गीत सुटिङमा पुग्दा

सार्वजनिक भिडियोमा मोडल सुनिल क्षेत्री, सुष्मा खड्का लगायतको अभिनय रहेको छ । नेपाली ठिटोजको डान्स रहेको छ भने कोरियोग्राफी निश्चिल केसीको रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको म्युजिक भिडियोलाई अमृत चौलागाईले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा निर्देशन शिशिर श्रेष्ठको रहेको छ ।

भिडियो हेर्नुहोस् :-

SINGER- SARBIN BOGATI / SAMIKSHYA ADHIKARI
LYRICS- SAGOTRI ACHARYA
MUSIC-TANKA BUDATHOKI
ARRANGE / MIX / STUDIO -TANKA BUDATHOKI STUDIO 9
ARTIST-SUNIL CHHETRI / SHRISTI KHADKA / NEPALI THITOSS
DIRECTOR-SISIR SHRESTHA
CHOREOGRAPHER-NISCHAL KC
CAMERA-GYANENDRA SHARMA
MUA-MAHI SINGH
EDIT-AMRIT CHAPAGAIN

प्रतिक्रिया