Bisal Chautari Logo

अमिताभलाई दीपिकाले पछाडी पारिन् !

- १२ चैत्र २०७०, बुधबार १४:४५ मा प्रकाशित


Amitabh-Bachchan-Deepika-Padukone
एजेन्सी
मुम्बई, १२ चैत ।
बलिउड अभिनेत्री दीपिका पादुकोण बलिउड चलचित्र उद्योगमा प्रवेश गरेको खासै धेरै समय तँ भएको छैन । तर अभिनेत्री पादुकोण बलिउड चलचित्र उद्योगमा हरेक किसिमबाट अगाडी बढिरहेकी छिन् ।
यस्तै अगाडी बढ्ने क्रममा अभिनेत्री दीपिकाले बलिउड चलचित्र उद्योगका दोस्रो अभिनेत्रीहरुलाई त पछाडी पारेकी छिन्, नै । तर पछिल्लो चोटी बिग बी अर्थात अभिताभ बच्चनलाई पनि पछाडी पारेकी छिन् ।
प्रसंग हो अभिनेत्री दीपिकाको फेसबुक फ्यान पेजको । अभिनेत्री दीपिकाको फेसबुक फ्यान पेज बिबिसी हिन्दीको अनुसार बलिउड कलाकारहरुमा नम्वर १ स्थानमा रहेको छ । अभिनेत्री दीपिकाको फेसबुक फ्यान पेजमा १५ मिलियन अर्थात डेढ करोड फलोअर रहेका छन् । यस फलोअरको आधारमा अभिनेत्री दीपिका पादुकोणले फेसबुक फ्यानहरुको रेसमा सुपरस्टार अभिनेता अमिताभ बच्चनलाई पनि पछाडी पारेकी छिन् ।
अभिनेत्री दीपिका पादुकोणको फेसबुक फ्यान पेज बलिउडका स्टार अभिनेताहरु शाहरुख खान, सलमान खान र आमिर खान यस सुचिमा धेरै तल रहेका छन् । त्यस्तै बलिउड अभिनेत्रीहरुको नाम दीपिकाको आसपासमा पनि रहेको छैन ।
प्रायजसो अभिनेत्री दीपिकाले दिइने अन्र्तवार्ताहरुमा एउटै शब्द भन्ने गरेकी छिन् ‘आज जुन स्थानमा रहेको छु, सबै मेरा प्रशंसक तथा फ्यानहरुकै कारणले रहेकी छु ।’

add

प्रतिक्रिया