Bisal Chautari Logo

आश्रम पुगे सलिनमान बानिया, दिए यस्तो उपहार

- २४ चैत्र २०७५, आईतवार ०८:०२ मा प्रकाशित


SALIN MAN BANIYA YATRA NEW MOVIE

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २४, आइतवार।
चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म “यात्रा” टिमले प्रचारप्रसारको क्रममा लप्सीफेदीमा रहेको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम जेष्ठ नागरिक ग्राममा उपहार लिदै भेटघाट गरेका छन् । झन्डै ३५ को हाराहारीमा बृद्धबृद्धा रहेका आश्रममा फल्मको झन्डै ४ दिन छायाँकन गरिएको थियो । आश्रममा रहेका आमावुवाले भेट्ने ईच्छा जाहेर गरेको थाहा पाएपछि सलिनमान बनिया , रेअर राईसँगै निर्माताहरु चिज कुमार श्रेष्ठ , सुशील पोखरेल र सर्जुमान लिगलले शुक्रबार त्यहाँ पुगेर सँगै खान पनि खाएका थिए ।

नायक सलिनले शुटिङ पछी फेरी आउँन पाउदा खुसि लागेको बताए । ’म शुटिङको बेला पनि एकदिन बढी नै यहाँ बसेको थिए’ उनले भने ’मलाइ यहाँ बुवाआमाहरुसँग निकै रमाइलो लाग्छ ।’ त्यस्तै रेअरले पनि शुटिङको बेलालाई सम्झिदै फेरी आउँन पाउँदा खुसि लागेको बताए । निर्माता पोखरेलले आश्रममा रहेका बुवाआमालाई एकछिनको खुसि दिन पाउदा आभारी रहेको बताए भने अर्का निर्माता चिजकुमारले पनि आउँदा दिनमा पनि आश्रमलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जाहे गरे भने फिल्मका कार्यकारी निर्माता सर्जुले प्रिज्माको तर्फबाट ५३ इन्चको एलइडी टिभी गिफ्ट गर्न पाउँदा खुसि लागेको बताए ।

फिल्ममा सलिनसँगै , मल्लिका महत, सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा, चाइनाका कलाकारहरु जुन झाङ र केन्याका बबीका लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

समाजिक कथालाई मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरिएको ।लभ स्टोरी जर्नी भनिएको यस फिल्ममा सम्राट शाक्यको कथा तथा निर्देशन रहेको छ । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , संजय लामाको छायांकन, आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ । फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माताको भूमिकामा रहेका छन् । फिल्म चैत्र २९ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया