Bisal Chautari Logo

राहत सामाग्री लिएर बारा पुगे धुर्मुस–सुन्तली

- १८ चैत्र २०७५, सोमबार ०८:३९ मा प्रकाशित


DHURMUS SUNTALI FOUNDATION HELP BARA PARSHA PEOPLE

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १८, सोमवार।
आइतबार साँझ आएको भिषण हावाहुरीको कारण बारामा जनधनको ठुलो क्षति भएपछी बिभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । यसै बिच समाजसेवा र नयाँ समाज निर्माणमा जुटेका कलाकार जोडी धुर्मुस- सुन्तली यतिबेला राहत सामाग्री लिएर बारा पुगेका छन् ।

फाउन्डेसनको तर्फबाट हावाहुरी प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री लिएर गएका हुन् । चितवनमा क्रिकेट रंगशाला बनाउन जुटेका कलाकर तथा सामाजिक अभियानता सिताराम कट्टेल यतिबेला बाराको बिपतमा समेत मल्हम पट्टी लगाउन पुगेका छन् । हावाहुरीको घटनाले आफु मर्माहत भएको र सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

हावाहुरी पिडितलाई Dhurmus ले बारामा राहत बितरण गरे || Sitaram Kattel Help 

हावाहुरीको कारण घाइते हुनेको संख्या सयौँ भएको र उपचारको लागी बिरगन्ज आसपासका अस्पतालामा ठाउँ नभए पछी नेपाल मेडिसिटी अस्पतालको चिकित्सकसहितको टोली बारा पुगेको छ ।आँधीहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली बारा पुगेको हो ।अस्पतालहरुमा घाइतेको चाप अत्याधिक छ भने त्यहाँ रगतको समेत अभाव भएको छ ।

प्रतिक्रिया