Bisal Chautari Logo

मिरा र उनका पती अश्लिल भिडियोका कारण पक्राउ

- १२ चैत्र २०७०, बुधबार १७:२० मा प्रकाशित


Pakistani actress Meera MMS VIDEO LEAKED
एजेन्सी
मुम्बई, १२ चैत ।
पाकिस्तानी अभिनेत्री मीरा र उनका पति नाविद सहजादलाई अश्लिल भिडियो खिचेको अभियोगमा अदालतले पक्राउ आदेश जारी गरेको छ । अदालतले गत सोमबार प्रहरीमार्फत् पक्राउ आदेश दिएको हो । भिडियो केही समय अगाडी सार्वजनिक भएको थियो ।
अतिरिक्त जिल्ला न्यायाधीश सफ्दार भाट्टीको इजलासले भिडियो खिचेको घटनालाई ‘पाप कर्म’ भएको निष्कर्ष निकालेको हो । उक्त भिडियोको विषयमा अप्रिल २ मा अदालतमा मुद्धा दायर भएको थियो । अदालतले स्थानीय मोजाङ प्रहरी कार्यालयका प्रहरी अधिकृतलाई यो घटनाको बारेमा बेलैमा प्रतिवेदन नदिएको भन्दै कार्वाही आदेश पनि दिएको छ । रिट निवेदनमा लेखिएको छ ‘दम्पत्तिले अश्लिल भिडियो खिचेर समाजमा नकारात्मक रुपले उच्छ्रिङखल फैलाएको र इस्लामिक मान्यता तोडेका छन् । यस्तो पाप कर्म गर्नेलाई कडा सजाय दिइयोस् ।’ तर सहजादले आफूहरु वैधानिक दम्पत्ति भएकोले यौनजन्य भिडियो खिच्नु अपराध नभएको दावी गरेका छन् । उनीहरुले आफ्नै घरमा यौन क्रियाकलाप गरिरहेको बेला आफैंले भिडियो खिचेको बताएका छन् ।
तर अभिनेत्री मीरा भने सो अश्लिल भिडियो आफूहरुको नभएको दावी गछिनर् । उनले भनेकी छिन्, ‘हामीलाई बदनाम गराउने प्रपञ्च हो यो ।’ उनका पति नाविद भने आफूहरु वैधानिक दम्पत्ति भएकोले यो भिडियोको बारेमा प्रोपोगाण्डा मच्चाउनुपर्ने आवश्यकता नभएको तर्क दिएका छन् ।

add

प्रतिक्रिया