Bisal Chautari Logo

नगरकोटमा विप्लपका इन्चार्जसहित दुई सदस्य पक्राउ

- १५ चैत्र २०७५, शुक्रबार ०७:०६ मा प्रकाशित


BIPLAB MAOWADI

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १५, शुक्रवार।
नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई बिहीबार पक्राउ गरिएको छ ।

काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडौ घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका समूहका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई हिजो भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया