Bisal Chautari Logo

‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक || अनमोल देखिए यस्तो लुक्समा

- १५ चैत्र २०७५, शुक्रबार ०४:३५ मा प्रकाशित


ANMOL KC, SUHANA THAPA MOVIE A MERO HAJUR 3

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १५, शुक्रवार।
नेपाली चलचित्र उद्योगका मेघा स्टार चक्लेटि हिरो अनमोल केसी र नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा नायक अनमोल केसी र सुहाना थापाको केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ । उक्त फिल्मबाट नै सुहानाले डेब्यु गर्दैछिन् । चलचित्रमा अनमोललाई एक रकस्टारको रुपमा देखिएको छ । भने सुहानाले अनमोलको फ्यानको रुपमा अभिनय गरेकी छन् ।

फिल्ममा अनमोललाई दुई भिन्न-भिन्न रुपमा देख्न पाइन्छ, एउटा रकस्टारको रुप भने एउटा साधारण व्यक्तिको रुपमा उनलाइ देख्न सकिन्छ।

चलचित्रमा अनमोल, सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतको अभिनय रहेको छ । सुहाना ईन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी छन् । आगामी चैत्र २९ गते चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया