Bisal Chautari Logo

भिम बहादुरको घर बन्दै, पलले गरे शिलान्यास

- १३ चैत्र २०७५, बुधबार ०८:०० मा प्रकाशित


PAUL SHAH AND BHIM BAHADUR BK

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १३, बुधवार।
पछिल्लो समय नेपाली कलाकारहरुको समाज सेवा प्रती ध्यान आक्रिस्ट हुन थालेको छ । सामाजिक कार्यमा कलाकारको लगाव यसरी बढेर गएको छ कि हाल कलाकारको कलाकारिताको भन्दा बढी समाजसेवाका समाचार शिर्षक बन्ने गरेका छन् । समाजसेवी कलाकारको भिडमा नायक पल शाह पनि अगाडी आएका छन् ।

शाहले देबघाटका भाईरल भिम बहादुर बि.कको घर शिलान्यास गरेका छन् । भिम बहादुरलाई आफुले पनि भौतिक, आर्थिक तथा समाजिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै समाजिक काममा सहभागी भई सहयोग गर्न पाउँदा आफुलाई खुशी मिल्ने शाहले बताए । समाजिक संजालमा भाईरल भएका भिमको ५ बर्ष अघि जलेको घर निर्माण हुन नसक्दा घर भित्रै पानी छिर्ने र रातभरि सुत्न नसक्ने अवस्था आएकाले यो आउदो बर्षात भन्दा अगाडीनै घर निर्माण गरी हस्तान्तरण गर्ने अभियान सुरु भएको हो ।

प्रतिक्रिया