Bisal Chautari Logo

‘मर्दानी’को सिक्वेल ‘ बन्ने, रानी मुखेर्जी नै हिरोइन

- १३ चैत्र २०७५, बुधबार ०६:१४ मा प्रकाशित


RANI MUKHARJI MARDAANI 2

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १३, बुधवार।
अभिनेत्री रानी मुखेर्जीको सफल चलचित्र ‘मर्दानी’को सिक्वेल ‘मर्दानी 2’ बन्ने भएको छ । पति आदित्य चोपडाको निर्माणमा बन्न लागेको मर्दानी २ को शुट आजबाट सुरु भएको छ । गोपी पुथ्रणको निर्देशनमा बन्ने फिल्ममा रानी मुखेर्जीकै प्रमुख भूमिका रहने छ । यसको घोषणा भने २०१८ को डिसेम्बरमा नै गरिएको थियो ।

यस सिक्वेलबारे अन्य जानकारी नआएपनि चलचित्र यहि वर्ष रिलिज हुने बताइएको छ । यसको पहिलो फिल्म ‘मर्दानी’ सन् २०१४ मा रिलिज भएको थियो भने यसलाई पनि अदित्य चोपडाले नै निर्माण गरेका थिए ।

प्रतिक्रिया