Bisal Chautari Logo

गायिका तायाहाङ्मा राईको हङकङमा एकल सांगीतिक साँझ भव्य

- १९ माघ २०७५, शनिबार ०६:५४ मा प्रकाशित


Tayahangma Rai hong kong concert
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ १९, शनिबार ।
पप आधुनिकमा छुट्टै पहिचान बनाई सकेकी सुमधुर स्वरकी धनि गायिका तायाहाङ्मा राईको हङकङमा एकल सांगीतिक साँझ सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो चरणमा हारमोनियम, तबला र गिटारको साथमा ‘पोहोर साल’, ‘कसरी म भुले’, ‘फूललाई सोधे’, ‘उकाली ओरालीहरुमा’ लगायतका आधा दर्जन गीतहरु गाएकी थिइन् । त्यस्तै डोएट गीतमा भने दिनेश सुब्बा र टोपराज तामाङले साथ दिएका थिए ।
बाक्सिला बजार सेरोफेरो समाज हङकङद्धारा जोर्डनस्थित नयाँपेजको हलमा आयोजित उक्त कार्यक्रममा हारमोनियममा हिमालय टोन्सका दिनेश सुब्बा, तबलामा कृष्णभक्त महर्जन र गिटारमा रोशन लिम्बुले साथ दिएका थिए ।

दोस्रो चरणमा भने गायिकाले म्यूटिक ट्रयाकमा ‘कोही छ’, ‘कताकता सपनीमा’, ‘मायाको गहिराईमा’ लगायत आफ्ना आधा दर्जन बढि चर्चित गीतहरु गाएर दर्शकहरुलाई नचाएकी थिइन । सांगीतिक यात्राकै क्रममा तेस्रो पटक हङकङ आइपुगेकी राईले तिम्रो याद, तरना र कान्छी गरी ३ वटा एल्बमहरु बजारमा ल्याइसकेकी छिन् ।

प्रतिक्रिया