Bisal Chautari Logo

‘नागबेली’ का लेखक लामाले भने: सिनेमाको स्कृप्ट लेखन पेटका लागी

- १४ चैत्र २०७०, शुक्रबार १७:१० मा प्रकाशित


Nagbeli-Nepali-Movie
विशाल चौतारी समाचार
काठमाडौं, १४ चैत ।
चलचित्र ‘नागबेली’ का स्कृप्ट राइटर तथा रंग पत्रकार दिपेन्द्र लामाले चलचित्रको स्कृप्ट लेखन विशुद्ध पेटका लागी भएको बताएका छन् । शुक्रवार चलचित्र ‘नागबेली’को प्रेसमिटमा लामाले सो कुरा बताएका हुन् ।

चलचित्र ‘नागबेली’ असार २७ गतेबाट रिलिजको मिति तय गर्दै, पत्रकार सम्मेलन कार्यक्रममा निर्देशक गोविन्द राईले भने चलचित्र देशकै लागी निर्माण गरेको बताए । उनले भने ‘यो चलचित्र कुनै एउटा क्षेत्रलाई मात्र नभएर देशकै लागि निर्माण गरेको छु ।’ लामो समय सम्म नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशनमा सकृय रहेका निर्देशक राईले असल नागरिक भएकाले आफ्नो पहिलो प्रोजेक्ट देशका लागि निर्माण गरेको बताए । चलचित्रलाई जति सक्दो उत्कृष्ट बनाउन कुनै कसुर बाकी नराखेको राईले बताए । चलचित्र नागबेलीले मानिसको जीवनमा आईपर्ने उतारचढावको कथामा उतारेको निर्देशक राईले बताए ।
पत्रकार सम्मेलनमा अडियो लञ्च समेत भएको कार्यक्रममा नव निर्वाचित चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले सिनेमालाई शुभकामना दिदै कलाकारहरुले कार्यक्रममा समयमा नआउने परम्पराइ त्याग्नु पर्ने बताए । चलचित्रकी अभिनेत्री हर्षिका श्रेष्ठ कार्यक्रम सकिएपछि आएकी थिइन् । अभिनेत्री हर्सिका, बिक्की मल्ल लगायतलेपनि कार्यक्रममा बोलेका थिए ।
चलचित्र ‘नागबेली’मा दयाहाङ राई, एसराज, विक्की मल्ल, सम्भव श्रेष्ठ, अशोक फुयाल, हषिर्का श्रेष्ठ तथा सुरभी बिष्ट मुख्य अभिनय रहेको छ । चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् । 

तस्बिर :  मनोज काजी महर्जन (काजी प्रोडक्सन )

add

प्रतिक्रिया