Bisal Chautari Logo

नाल्बोको ‘हृदय भरी’ घोषणा || पलको अपोजिटमा श्रद्धा र रेखा (भिडियो सहित)

- २४ पुष २०७५, मंगलवार ०४:३९ मा प्रकाशित


hridaya bhari Movie paul shah and shraddha chhetri
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ पौस २४, मंगलबार ।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयका युवा स्टार पल शाहको लिड रोल रहने चलचित्र ‘हृदय भरी’को औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको थियो । यो चलचित्रको केही हप्ता अगाडि मुहूर्त गरिएको थियो ।

चर्चित निर्देशक सुरज सुब्बा ’नाल्बो’ को निर्देशन रहने चलचित्रमा पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गर्दैछन् । त्रिकोणत्मक लव स्टोरीमा बन्न लागको यस चलचित्रबाट श्रद्धा क्षेत्रीले डेब्यु गदैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धाले त्यहाँ मोडलिङ क्षेत्रमा राम्रो नाम कमाएकी छन् । पलको अपोजिटमा श्रद्धासंगै अभिनेत्री रेखा लिम्बु पनि देखिनेछिन् । चलचित्रमा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ ।

टिम र स्क्रिप्ट मन परेका कारण ‘हृदय भरी’ गर्न तयार भएका पलले यो चलचित्रका लागी २० लाख पारिश्रमिक बुझेका छन् । नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने चलचित्रलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । चलचित्रको कथाले युवापुस्ताको प्रेम झल्काउने लेखक तथा निर्देशक सुरजले बताए ।
नव अभिनेत्री श्रद्धाले चलचित्रमा अभिनय गर्ने रहर सानै देखी रहेको बताउदै भनिन्, त्यसै अनुरुप मोडलिङ हुदै फिल्ममा आइपुगेकी छु । मैले कोलकत्तामा रहेर काम गरिरहेको भएता पनि मलाइ नेपाली फिल्ममै आउनु मन थियो । मलाइ पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए । मेरो लागि राम्रो प्रवेश टाइम भएको आभास भएकोले यसै फिल्म मार्फत आउदैछु , आश छ दर्शकको माया पाउने छु ।’

नव अभिनेत्री श्रद्धाले चलचित्रमा अभिनय गर्ने रहर सानै देखी रहेको बताउदै भनिन्, त्यसै अनुरुप मोडलिङ हुदै फिल्ममा आइपुगेकी छु । मैले कोलकत्तामा रहेर काम गरिरहेको भएता पनि मलाइ नेपाली फिल्ममै आउनु मन थियो । मलाइ पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए । मेरो लागि राम्रो प्रवेश टाइम भएको आभास भएकोले यसै फिल्म मार्फत आउदैछु , आश छ दर्शकको माया पाउने छु ।’

चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । चलचित्र घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार, आकाश सहित चलचित्र युनिटले पोस्टर अनावरण गर्दै चलचित्रको फस्ट लुक्स सार्वजनिक गरेका थिए ।
चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहेको छ ।

प्रतिक्रिया