Bisal Chautari Logo

गायक राजेशपायलको अर्को कीर्तिमान, फ्यानहरुको १ लाख

- १५ चैत्र २०७०, शनिबार ०९:०७ मा प्रकाशित


Rajesh Payal Rai
विशाल चौतारी समाचार
काठमाडौं, १५ चैत ।
नेपाली आधुनिक तथा पाश्र्व गायनका चर्चित राजेश पायल राई ‘राई इज किङ’को गायनमा अर्को कीर्तिमान कायम गरेका छन् । गायक राईको अफिसिय फ्यान पेजमा लाईक गर्नेको संख्या १ लाख पुगेसंगै नेपाली आधुनिक तथा पाश्र्व गायकहरुमा कीर्तिमान राखेका हुन् ।
गायक राजेशपायलको नाममा थुप्रै नक्कली फ्यान पेज बनेका छन् । तर नक्कली नामका फेसबुक पेजहरु भएपनि गायक राइको आधिकारीक फ्यान पेजमा केही दिन अगाडी मात्र लाइक गर्नेहरुको संख्या १ लाख पुगेको हो । समयको परिवर्तनसंगै विश्वमा सेलिव्रेटीहरुले आफ्ना फ्यानहरुसंग अपडेट हुनका लागी फ्यान पेज बढि मात्रामा प्रयोग गर्ने गरेका छन् । त्यहि समयको परिवर्तनलाई पछ्याउँदै गायक राई नेपाली गीत–संगीतका सेलिव्रेटिहरु मध्ये  सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सबैभन्दा बढि अपडेट हुने गरेका छन् ।
गायक राजेशपायल राईको आधिकारीक फेसबुक पेजमा जानको लागी यहा क्लिक गर्नुहोस् ।

add

प्रतिक्रिया