Bisal Chautari Logo

श्रृंखला खतिवडा मिस वर्लडको भोटिङमा सबैभन्दा अगाडि (भिडियो सहित)

- ५ मंसिर २०७५, बुधबार ०६:५८ मा प्रकाशित


Shrinkhala Khatiwada Miss World 2018

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ मंसिर ५, बुधबार । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि चीनको सान्यामा छिन । मिस नेपाल श्रृखंलाको यात्रा व्यस्ततामा मात्र होइन मिस वर्ल्ड बन्ने सम्भावनातर्फ अघि बढिरहेको छ ।

चीनमा भइरहेको प्रतियोगिताको भोटिङ्गमा नेपाली चेली श्रृखंलाले सबै प्रतिष्पर्धीहरुलाई पछि पार्दै आफूसँग देशको प्रतिष्ठालाई समेत बढाइरहेकी छन् । अहिले सम्मको नतिजा हेर्दा श्रृखंलाले सबैभन्दा बढी २८ प्रतिशत १ लाख ५९ हजारभन्दा बढी मत प्रप्त गरिसकेकी छिन् । दोस्रो नम्बरमा फ्रान्सकी सुन्दरी ९ प्रतिसतका साथ अगाडी छिन् ।
विश्वका १२१ देशका सुन्दरीहरुको प्रतियोगितामा श्रृखंलाको अहिलेसम्मको सफलता लोभलाग्दो र सम्भावनायुक्त बनिरहेको छ । हालसम्मको अवस्थालाई हेर्दा उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा छिन् । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।
प्रतियोगिताको दौरानमा उनले सहभागी र उपस्थित सबैमाझ आफ्नो प्रभाव देखाउन सफल भएकी छन् । उनले प्रतियोगितामा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गरेर नेपालको सँस्मृति अरुलाई चिनाइरहेकी छिन् ।
सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति भल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरेको जानकार बताउँछन् ।
मकवानपुरकी चेली श्रृंखला खतिवडाले मिस वर्ल्ड टाइटल जित्ने सम्भावना अझ बलियो भएर गएको छ । २२ वर्षीय शृंखलाले वास्तुकलामा स्नातक गरेकी छिन । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् । त्यसैले उनलाई ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर मिल्यो ।
त्यसो त यस वर्ष शृङ्खलाबाट धेरै नेपालीले आस पनि गरेका छन् यस वर्ष उनले मिस वर्ल्डको उपाधि जितुन् भनेर । हालसालै उनी भोटिङमा टप एक नम्बरमा आइपुगेकी छिन् ।

प्रतिक्रिया