Miss Mongol 2014 Talent showविशाल चौतारी समाचार
काठमाडौं, १६ चैत । सुन्दरी प्रतियोगीतामा छुट्टै स्थान र पहिचान बोकेको मिस मंगोल नेपाल २०१४ मा सहभागी २६जना प्रतियोगीहरुले काठमाडौंमा प्रतिभा प्रस्तुत गरेका छन् ।

मिस ट्यालेन्ट उपाधीका लागी शनिबार राजधानीमा भएको ट्यालेन्ट राउन्डमा गायन, नृत्य, अभिनय, क्यारिकेचर, विचार अभिव्यक्ति, गजलवाचन लगायतका विभिन्न विधामार्फत प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन । एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको मिस मंगोल नेपाल २०१४ अन्र्तगत ट्यालेन्ट राउन्डमा गायक जीतेन राई, मिस मंगोल नेपाल २०१२ सपना रोकामगर, गीतकार डीआर, नृत्य कोरियोग्राफर भोगेन्द्र मानन्धर, बालांम्य मैजु २०१३ शोना शाक्य निर्णायकका रुपमा रहेका थिए । मिस ट्यालेन्ट विजेताको नाम भने अन्तिम प्रतिष्पर्धाका दिन घोषणा गरी उपाधी प्रदान गरिने छ ।

मिस मंगोल प्रतियोगितामा विजेता छनोट प्रक्रियालाई बैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत अन्तिम प्रतिष्पर्धामा प्रतियोगीको प्रस्तुतीलाई आधार बनाइदै आएको आयोजकले बताएको छ । हरेक क्षेत्र जनताको मत र चाहना अनुसार चल्ने यस युगमा मिस मंगोल छनोटमा एसएमएस भोटिङलाई २५ प्रतिसत मान्यता दिइएको हो ।

प्रतियोगीतामा शिर्ष उपाधीका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस फोटोजेनिकलगायतका विभिन्न उपाधीहरु पनि प्रदान गरिने छ । मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिष्पर्धा चैत २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुदैछ ।
प्रतिक्रिया