Bisal Chautari Logo

चलचित्र ‘द ब्रेकअप’मा सुपरहिट गीत ‘आज हाम्रो भेट भाको दिन’ रिलिज ( भिडियो सहित )

- १४ कार्तिक २०७५, बुधबार १२:०४ मा प्रकाशित


The Break Up Movie Song Aashirman Ds Joshi and Shilpa Maskey
बिशाल चौतारी समाचार
काठमाडौं, २०७५ कात्तिक, १४ बुधबार । चलचित्र ‘द ब्रेकअप’ युनिटले ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सार्वजनिक गरेको छ । सुपरहिट चलचित्र ‘ज्वाला’मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतलाई ब्रेकअपमा रिमेक गरिएको हो ।
‘आज हाम्रो भेट भाको दिन’ को रिमेक भर्सन भिडियोमा अभिनेता आशिरमान देशराज जोसी, सरोज खनाल, शिल्पा मास्के, रेमनदास श्रेष्ठ र ईच्छा कार्की प्रस्तुत छन् । बुद्धविर लामाको शब्द रहेको गीतमा आशा भोस्ले र उदित नारायण झाले स्वर दिएका थिए । यसै गीतको नयाँ भर्सनमा भने चर्चित गायिका मेलिना राई र विराज गौतमले गाएका छन् । पहिला मेलाको माहोलमा प्रस्तुत गरिएको गीतलाई अहिले पारिवारिक जमघटको रुपमा प्रस्तुत गरिएको छ । यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन ।
चलचित्रमा आशिरमान देशराज जोसी, शिल्पा मास्के, रेमोन दास श्रेष्ठ, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । लभ स्टोरीमा आधारित चलचित्रको कथा निर्देशक हेम राज विसीले लेखेका हुन् । सिनेमा पौष २७ गते देखि देशभर रिलिज हुदैछ ।
सुरेन्द्र पौडेलले सम्पादन गरेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया