Bisal Chautari Logo

‘रणवीर’को मोसन पोस्टर सार्वजनिक || शुशील र प्रशान्तको एङ्ग्री लुक्स

- २५ आश्विन २०७५, बिहीबार ०९:५६ मा प्रकाशित


Ranveer Nepali Movie Motion Poster Sushil Sitaula & Prashant Tamrakar
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, २५ बिहिबार । चलचित्र ‘रणवीर’ को मोसन पोस्टर सार्वजनिक गरिएको छ । नायिकालाई स्थान नदिइएको पोस्टरमा अभिनेता र खलनायकबीचको द्वन्द्व देखाइएको छ ।
माघ १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै मोसन पोस्टरमा अभिनेता द्वय शुशील सिटौला र प्रशान्त ताम्राकारको एङ्ग्री लुक्स समावेश गरिएको छ । ‘फिल्मको एउटा कथा यस पोष्टरले भन्छ’, निर्देशक गोविन्द सिंह भण्डारीले बताए । फिल्ममा उनकै कथा, पटकथा तथा संवाद छ ।
बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ र एक्सन ड्रामा फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता द्वय थापा र रेग्मीले बिना सम्झौता फिल्म बनाएको बताएका छन् ।
‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको फिल्मले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ ।

प्रतिक्रिया