Bisal Chautari Logo

आर्यन र सृष्टिको प्रेम, द्धन्द्ध र रोदनले भरिएको ‘बाँध मायाले’ ट्रेलर सार्वजनिक (ट्रेलर हेर्नुस्)

- १५ भाद्र २०७५, शुक्रबार १५:१५ मा प्रकाशित


BANDHA MAYALE Movie Trailer Aaryan Adhikari & Shristhi Shrestha
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र १५, शुक्रबार । अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टार फिल्म ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आर्यन र सृष्टिबिचको गहिरो प्रेम, रोदनसँगै दुईबिचको द्धन्द्ध देख्न सकिन्छ । उनीहरु फिल्ममा अर्जुन र श्रद्धाको भूमिकामा छन् ।
असोज ५ गते प्रदर्शनमा आउँने फिल्मको ट्रेलरमा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग पनि प्रस्तुत छन् । निर्देशक सविर श्रेष्ठ प्रोमोले दर्शकको ध्यान तान्ने बताउँछन् । ‘बाँध मायाले’को टिजर र गीत पश्चात प्रोमो सार्वजनिक गरिएको हो । फिल्मको थप दुई गीत बाँकी रहेको निर्देशक श्रेष्ठ बताउँछन् ।
काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘बाँध मायाले’ मा रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माताको रुपमा रहेका छन् भने सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छन् । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया