Bisal Chautari Logo

कंगना ‘क्विन’को सफल्तापछी ‘दुर्गा रानी’ बन्दै

- १७ चैत्र २०७०, सोमबार ११:२६ मा प्रकाशित


Kangana Ranaut Will Become Durga Rani
एजेन्सी
मुम्बई, १७ चैत ।
अभिनेत्री कंगना रानावत आफ्नो पछिल्लो रिलिज भएको चलचित्र ‘क्विन’को सफल्तापछि बउिडलमा उनको चर्चा बढि मात्रामा भएको छ । यस चलचित्रको सफल्तापछि कंगनाको पछिल्लो रिलिज हुन लागेको सिनेमा ‘रिवाल्बर रानी’ बाट पनि धेरै आसा बढाइरहेकी छिन् ।
चलचित्र ‘क्विन’ हिट भएपछि अभिनेत्री कंगना रानावत व्यास्त बनेकी छिन् । यस्तै क्रममा अभिनेत्री कंगना दुई चलचित्रमा निकै व्यास्त रहने छिन् । बलिउड सञ्चार माध्ययमहरुले बताए अनुसार उनको हिट चलचित्र ‘तनु वेड्स मनु’को सिक्वेल र सुजाय घोशको दुर्गा ‘रानी’ नामक सिनेमा रहेको छ । उनले चलचित्र तनु वेड्स मनु–२ गर्न भन्दा पहिला ‘दुर्गा रानी’को सुटिङ गर्ने भएकी छिन् । यस चलचित्रमा अभिनेत्री कंगनालाई ३५ वर्षिया महिलाको भुमिकामा देख्न पाइने भएको छ । जो १४ वर्षको छोरीको आमा हुन्छिन् ।

add

प्रतिक्रिया