Rose Movie Trailer Pradeep Khadka, Miruna Magar, Paramita
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र ७, बिहिबार । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘रोज’को प्रोमो सार्वजनिक भएको छ । निरक पौडेलद्धरा निर्देशित चलचित्रको ट्रेलरमा लभ, रोमान्स र सस्पेन्सले भरिएको छ । ट्रेलरमा प्रदीपको जोडी पारमिता राज्यलक्ष्मी राणा र मिरुना मगरसँग बाँधिएको छ ।
फिल्ममा प्रदीपलाई दुई भिन्न लुक्स लभरव्वाय र अपराधीको भूमिकामा प्रस्तुत गरिएको छ । दुइ अभिनेत्रीमध्ये पारमिता लभरगर्लको भुमिकामा छिन्, भने मिरुना वकिलको भुमिकामा देखिएकी छिन् । निरक पौडेल निर्दे्शित फिल्ममा कर्म शाक्यको पनि मुख्य भूमिका छ ।
भदौ २२ मा रिलिज हुने फिल्ममा एलिश कार्कीको संगीत, मित्र डी गुरुङको सम्पादन, राजुबिक्रम थापाको डीओपी र केदार भुषालको लेखन छ । आर्या पौडेल र आरोही केसी फिल्मका निर्माता हुन् । यहिँ मितिमा सुदर्शन थापा निर्दे्शित ‘रामकहानी’ पनि प्रदर्शनमा आउँदै छ ।
प्रतिक्रिया