Bisal Chautari Logo

‘मिस्टर भर्जिन’लाई उपत्यका बाहिर थपियो २३ सिनेमा हल || उत्साहजनक प्रतिक्रिया

- ६ भाद्र २०७५, बुधबार ०९:४४ मा प्रकाशित


mr virgin movie hall report news
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र ६, बुधबार । गत शुक्रवारबाट एकसाथ ४ नेपाली चलचित्र प्रदर्शनमा आए । चार नेपाली चलचित्र प्रदर्शनमा आउँदा व्यापार र दर्शक बाढिने पक्का नै थियो र भयो पनि त्यस्तै । चलेका चार चलचित्र मध्य व्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी देखिएको छ । चलचित्र अगावै यसले बनाएको हाइप , चलचित्र प्रदर्शनमा आउँदा सबै भन्दा बढी हल पाउनु र मल्टिप्लेक्समा उत्साहजनक व्यापार गर्नुले सो कुरा को पुष्टि गर्छ ।
चलचित्रले दर्शकहरूबाट पाएको सकारात्मक प्रतिक्रिया कै कारण आजबाट उपत्यका बाहिर ‘मिस्टर भर्जिन’ले थप २३ हल पाएको छ । यस्तै काठमाडौँका मल्टिप्लेक्सहरुमा पनि थप शोहरु थपिएका छन् । चलचित्रलाई लिएर दर्शकहरूबाट राम्रो प्रतिक्रिया आइरहेकै कारण थप हलहरू बढेको र अझ आगामी दिनमा दर्शकको राम्रो उपस्थिति रहने विश्वास रहेको निर्देशक बिशारद बस्नेतले बताए ।

चलचित्र ‘मिस्टर भर्जिन’ यौन मनोविज्ञानमा आधारित पहिलो कमेडी चलचित्र हो । फरक विषय वस्तुमा रमाइलो चलचित्र हेर्न पाहियो भन्ने खालका प्रतिकृयाहरु दर्शकहरूबाट प्राप्त भइरहेको छ ।
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दीप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

प्रतिक्रिया