Bisal Chautari Logo

मुम्बईमा ‘दर्शन नमस्ते–४’को गीत रेकर्ड सकेर राजेश पायल नेपाल फर्किए (अन्तर्वार्ता सहित)

- ५ भाद्र २०७५, मंगलवार ०५:३२ मा प्रकाशित


Rajesh Payal Rai Interview darshan namaste 4
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र ५, मंगलबार । बहुचर्चित ‘भर्सस्टाइल’ गायक राजेशपायल राई आफ्नो बहुप्रतिक्षित एल्बम दर्शन नमस्ते ४ को गीत रेकर्ड मुम्बईमा सकेर नेपाल फर्किएका छन् । राजेश पायलले ल्याएका ‘दर्शन नमस्ते’ गीति एल्वमको सफलताका कारण ‘दर्शन नमस्ते–४’ ल्याउने भएका हुन् । मुम्बई गीत रेकर्डका लागी संगीतकार सन्तोष राजपनि गायक राजेश पायलसंगै गएका थिए ।
श्रावण २४ गते मुम्बई उडेका राजेश पायल करिव १० दिनमा सबै गीत रेकर्ड सकेर नेपाल फर्किएको बताए । नेपाल ओर्लिएपछि इन्टरनेशनल एयरपोर्टमै विशाल चौतारीसंग कुराकानी गर्दै एल्मबको गीत एकदमै राम्रो बनेको बताए । राजेशले भने ‘दर्शन नमस्ते–४को प्रतिक्षा गरेर बसेका मेरा दर्शकका लागी मैले यो चोटी धेरै सप्राइज राखेको छु’, राजेशले बताए ।
गायक राईले यसअघि दर्शन नमस्ते—३ सम्म ल्याइसकेका छन् । दर्शन नमस्तेको ‘सिक्वेल’ ३ सम्मका सबै गीहरु सफल भएका छन् । दर्शन नमस्ते–३ नेपालकै सर्वाधिक मूल्यमा विक्री समेत भएको एल्वमभित्र पर्छन् । गायक राईको नयाँ एल्वमको गीतमा स्व. अम्बर गुरुङ, रञ्जित गजमेर, उत्तमजङ लिम्बू, वसन्त सापकोटा, महाराजा थापा, सन्तोष राज, अर्जुन पोखरेल, पारस मुकारुङ, बादल लिम्बू, विनोद खम्बु र महेश खड्काको संगीत रहने छ । त्यस्तै एल्वममा समावेश गीतका शब्दहरु टीका चाम्लिङ, राई नवीन, वसन्त सापकोटा, महेश खड्का र डा.कृष्णहरि बरालको रहेका छन् ।

Rajesh Payal Rai Interview

प्रतिक्रिया