Bisal Chautari Logo

‘जय शम्भु’ मोफसल प्रचारमा || पत्रकार भेटघाटदेखी रात्रिकालिन होटल सम्म प्राथमिकता

- २६ श्रावण २०७५, शनिबार ०९:१८ मा प्रकाशित


Jaya Shambhu movie Anoop Bikram Shahi & Barsha Siwakoti
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण २६, शनिबार । फिल्म जय शम्भु टिम यतिबेला फिल्मको प्रचार प्रसारको लागि मोफसल यात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई फिल्मको वारेमा जानकारी गराएका छन् । उक्त कार्यक्रम सकाएको फिल्म युनिटले शनिबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । फिल्मका टिमले जय शम्भुको वारेमा जानकारी दिएका हुन् । एक्शन लभस्टोरी भनिएको फिल्मका वारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायत उपस्थित भएका थिए । नायिका बर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि काठमाडौंमै रोकिएकी थिईन् । पोखरामा रहेको फिल्मका टिम बुटवल प्रस्थान भएका छन् । बुटवलमा नायिका बर्षा शिवाकोटी पनि उपस्थित हुनेछिन् । शनिबार बेलुका बुटवलका विभिन्न होटल तथा लन्जहरुमा गई फिल्मको बारेमा जानकारी गराउनेछन् । त्यस लगतै फिल्म युनिट आइतबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम सकाएर त्यहाँबाट चितवन र हेटौंडा तर्फ लाग्नेछन् । चितवन र हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौं फर्कनेछन् । फिल्म युनिटले पोखराको आधा दर्जनभन्दा बढी होटल तथा लन्जहरुमा पुगेर फिल्मको बारेमा जानकारी गराएका थिए । पोखराको आधा दर्जनभन्दा बढी होटल तथा लन्जहरुमा पुगेका अनुप र प्रशान्तलाई उनका फ्यानहरुले घेरेर सेल्फी खिचेका थिए । यसै क्रममा फिल्म युनिटले मिस गण्डकीका कन्टेस्टेन्टहरुसँग पनि भेटघाट गरेका थिए । रिलिज मिती नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन् । देश व्यापी प्रचार प्रसारमा देखिएका फिल्मका टिमले प्रचारको नयाँ शैली अपनाएका हुन् । जय शम्भु भाद्र १ बाट रिलिजसँगै एक्शन लभस्टोरी मन पराउने दर्शकको आशा पुरा हुने बताईएको छ ।
दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदको मूख्य भुमिका रहेको छ । फिल्मलाई राजधानीमा बिके फिल्मका गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

प्रतिक्रिया