Bisal Chautari Logo

किरणको दुई कृतिको घुम्टो खोलिए

- १८ चैत्र २०७०, मंगलवार १५:३१ मा प्रकाशित


Kiran T. Limbu
विशाल समाचार
काठमाडौं, १८ चैत ।
गीतकार तथा गजलकार किरण टी. लिम्बूका दुई कृतिको घुम्टो शनिबार खोलिएको छ । राजधानीमा केही दिन अगाडी एक समारोहकाबीच प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइालाले ‘भावनाका आाकुरा’ गजल संग्रह र ‘भावनाका फूलहरू’ गीति एल्बमको घुम्टो खोलिदिएका हुन् ।
प्रेम र विछोड समिश्रण गजल संग्रहमा ८१ गजल समावेश भएका छन् । रोजगारीको शिलशिलामा बेलायतमा बस्दै आएका लिम्बू नेपाली वाङ्मय प्रतिष्ठानका उपाध्यक्षसमेत हुन् । यसैगरी लिम्बूका ‘भावनाका फुलहरू’ गीति एल्बममा आठ गीत समावेश भएका छन् । एल्बममा चर्चित भर्सटायल गायक राजेशपायल राई, दीपक लिम्बू, मिलन अमात्य, रजिना रिमाल, उत्तमजंग लिम्बू र चन्द्र चौधरीले स्वर दिएका छन् । सबै गीतमा  ताराप्रकाश लिम्बूले संगीत भरेका छन् ।
सो समारोहमा प्रा.डा. कृष्णहरि बराल, कवि उषा शेरचन, सन्ध्या रेग्मी शर्मा, युवराज राईलगायतको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

add

प्रतिक्रिया