Bisal Chautari Logo

मेलिनाको स्वरमा ‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत रिलिज, स्वस्तिमा र अभिषेक फिचरिङ (भिडियो)

- ८ श्रावण २०७५, मंगलवार १३:१२ मा प्रकाशित


Nai Nabhannu La 5 song Timro Aakhama Aakha Judhai Swastima Khadka
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण ८, मंगलबार । वर्ष ०७५को बहु–प्रतिक्षित चलचित्र ‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । बसन्त पापकोटाको संगीत रहेको नाईं नभन्नू ल गीतमा मेलिना राईको स्वर तथा दिनेश थपलियाको शब्द रहेको छ ।

स्वस्तिमा खड्का र अभिषेक नेपाल सार्वजनिक चलचित्रको गीतमा फिचरिङ छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीत झापा र इलाम र गदावरीमा छायाँकन गरिएको छ । छायाँकन पुरुषोत्तम प्रधानको छ ।
विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ५’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्र ‘नाईं नभन्नू ल ५’मा स्वस्तिमा र अभिषेकसँगै अनुभव रेग्मी, सेड्रिना शर्मा, प्रियंका कार्की, केकी अधिकारी, दिलिप रायामाझि, निरुता सिंह लगायतको अभिनय छ । केही समय अगागी प्रोमो रिलिज गरिएको थियो । चलचित्रको ट्रेलर र गीत रिलिजसँगै फिल्मको प्रचार प्रसारपनि सुरु गरिएको छ ।

Swastima Khadka & Sedrina Sharma – Interview

प्रतिक्रिया