Bisal Chautari Logo

गायिका पार्वतीको गीतमा मोडल मनि र रेखाको रोमान्स (भिडियो सहित)

- २६ असार २०७५, मंगलवार १५:५५ मा प्रकाशित


Mani Chamling Rai & Rekha limbu music video Parbati Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ २६, मंगलबार । गायिका पार्वती राईको स्वरमा रहेको ‘काठमाडौंमा धरर मेलम्चीको पानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार विक्रम राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो गत सोमबार काठमाडौमा सार्वजनिक गरिएको हो ।
१ दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका मोडल मनि चाम्लिङ र चलचित्रमा समेत काम गरिसकेकी अभिनेत्री रेखा फागो यस म्युजिक भिडियोमा फिचरिङ छन् । निर्देशक उमेश गुरुङको निर्देशनमा बनेको म्युजिक भिडियोमा मनि र रेखाको जोडी मिलेको छ । गदावरी आसपासमा खिचिएको म्युजिक भिडियोलाई मेघराज मंग्रातीले खिचेका हुन् ।
अलग आर्ट हवद्धारा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा गायिका पार्वती राईले आफ्नो जन्मदिन पनि सेलिब्रेसन गरेकी छिन् ।

प्रतिक्रिया