Bisal Chautari Logo

सकारात्मक सोच बारे ‘एक व्याक्ति, एक अवतार’

- १९ चैत्र २०७०, बुधबार १३:०० मा प्रकाशित


Launching programme of ‘Go Ahead’, written by Kamal Dhakal.
विशाल चौतारी समाचार
काठमाडौं, चैत १९ ।
पत्रकार कमल ढकालको ‘गो अहेड, एक व्यक्ति एक अवतार’ नामक पुस्तक काठमाडौमा विमोचित भएको छ । प्रज्ञा भवनमा मंगलबार सत्यमोहन जोशी, कमलमणि दीक्षित, स्वामी आनन्द अरुण, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतले पुस्तक संयुक्त रुपमा विमोचन गरे ।

विभिन्न २८ विधामा संलग्न ५५ जना व्यक्तित्वहरुका सकारात्मक र प्रेरणादायी प्रसंग पुस्तकमा समावेश गरिएको छ । ‘पुस्तकलाई परोपकारी पत्रकारिताको उदाहरणका रुपमा लिएको छु । पत्रिकामा समावेश लेखहरुलाई छनोट गरेर पुस्तकको रुपमा प्रस्तुत गरिएको हो । राम्रो कामलाई प्रोत्साहित गर्ने पत्रकारिता हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ सञ्चारकर्मी रवीन्द्र मिश्रले भने । लेखक अमर न्यौपानेले पुस्तकलाई फिल्मको ट्रेलर बताए । ‘सरल भाषा र शुद्ध वाक्यहरु पुस्तकमा समावेश भएका छन्,’ उनले थपे । कार्यक्रममा स्वामी आनन्द अरुणले नकारात्मक सोचलाई निरुत्साहित गरेर सकारात्मक सोच राख्ने बानीको सुरुवात गरे परिवर्तन सम्भव रहेको धारणा राखे । ‘नेपालको राजनीति कुहिएको आलुजस्तो हो, जहाा छिर्‍यो, त्यही असर गरिहाल्छ । राम्रा मान्छे भए पनि केन्द्रमा राजनीति गर्ने नराम्रा व्यक्तिका कारण तीन करोड जनताले दु:ख पाइरहेका छन्,’ उनले भने । कार्यक्रमको आयोजना घोस्ट राइटिङ नेपालले गरेको थियो । ‘पााच वर्षअघि सकारात्मक सोचका लेखहरु आउनुपर्छ भन्ने मान्यताले ‘गो अहेड’ नामक स्तम्भको जन्म भयो,’ लेखक ढकालले भने । कार्यक्रममा हरिवंश आचार्य, उपेन्द्र महतो र योगी विकासानन्द लगायतले बोलेका थिए । पुस्तकलाई रेकी योग प्रकाशनले बजारमा ल्याएको छ ।

add

प्रतिक्रिया