Bisal Chautari Logo

चलचित्र ‘पुरानो बुलेट’को निर्माण घोषणा (फोटो तथा भिडियो सहित)

- ८ असार २०७५, शुक्रबार २१:१४ मा प्रकाशित


purano bullet nepali movie – anup bikram shahi, barsha siwakoti and mala limbu
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ ८, शुक्रबार । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘पुरानो बुलेट’ को औपचारिक निर्माण घोषणा गरिएको छ । काठामाडौमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको निर्माण घोषणा गरिएको हो ।
यस चलचित्रमा चर्चित अभिनेता अनुप विक्रम शाही, अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु प्रमुख भूमिका रहनेछन् । चलचित्रमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
१ करोड बढीको लागतमा निर्माण हुन लागेको चलचित्रलाई अशोक कुमार राई, दीपेन्ऽ लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।
पत्रकारीतामा लामो समयदेखी काम गरिरहेका भिषण राईले यो चलचित्रबाट निर्देशनमा डेब्यु गरेका छन् । निर्देशक भिषण र कार्यकारी निर्मातामा सन्तोष सन्तोषको कथा–पटकथा रहेको छ ।
हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाको संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् ।
चलचित्रको छायांकन असार १५ गतेबाट सुरु हुने निर्माण टिमले बताएको छ । पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा ‘पुरानो बुलेट’ को छायांकन हुने निर्देशक भीषण राईले कार्यक्रममा जानकारी दिए । चलचित्रलाई आउादो मंसिरमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी रहेको छ ।
चलचित्र निर्माण घोषणा कार्यक्रममा प्रमुख अतिथी बनेका पुगेका चलचित्र विकाश वोर्डका पुर्व अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स लगायतले चलचित्र टिमलाई बधाइ दिएका थिए ।

प्रतिक्रिया