Malina Joshi and Manish Sundar Shrestha timi hunchau jaha jaha poster
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ जेठ २४, बिहिबार । असार ८ गते प्रदर्शन हुन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाा जहाा’को पोष्टर सार्वजनिक गरिएको छ । अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तथा पूर्व्मिस नेपाल मलिना जोशी स्टारर फिल्म ‘तिमी हुन्छौ जहाा जहाा’ को दुई पोष्टर सार्वजनिक भएका छन् ।
एउटा पोष्टरले मनिष र मलिनाबीचको प्रेम र स्वरुपपुरुष ढकाल बियोग दर्शाउाछ भने अर्को पोष्टरमा मनिष र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रबी गिरी र स्वरुप पुरुषलाई तगारोका रुपमा उभ्याईएको छ ।
पूर्ण रुपमा लभस्टोरी कथामा निर्मित बताइएको यस फिल्मका निर्देशक विकाश बस्याल हुन् । कथा पनि उनकै हो । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाा जहाा’ का कार्यकारी निर्माता प्रकाश बाास्कोटा हुन् । विना कार्की सह(निर्मात्रीमा छिन् ।
यसमा विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।
प्रतिक्रिया