Bisal Chautari Logo

नेपाल आइडल – २ बाट आउट भएका इशानको मनछुने गीत ‘यो दिलमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

- २३ जेष्ठ २०७५, बुधबार १३:४१ मा प्रकाशित


ishan rai – yo dil ma (official lyrical video) 
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ २३, बुधबार । नेपाल आइडल सिजन – २ को काठमाडौ अडिसनमा आउट भएर निकै चर्चामा आएका नव गायक इशान राईले अफिसियल गीत सार्वजनिक गरेका छन् । ‘यो दिलमा’ बोलको गीतको लिरिकल भिडियो युट्युव च्यानल विशाल चौतारी टिभी मार्फत सार्वजनिक गरेका छन् ।
सार्वजनिक गीतलाई चर्चित एरेञ्जर महाराज थापाले संगीतसंगै एरेञ्ज गरेका छन् । वर्षा राईको शब्दमा तयार भएको गीतको मिक्सिङ साजन शाहले गरेका छन् । अकोष्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको लिरिकल भिडियो विशाल राईले बनाएका हुन् ।
सार्वजनिक गीतको बारेमा बोल्दै गायक इशानले भने ‘यो गीत मेरो ड्रिम प्रोजेक्ट हो । यो गीतको सबै पक्ष राम्रो बनेको छ, अब गायन चाही मेरो हो कस्तो छ सुनेर दर्शकको प्रतिकृयाको आसामा बसेको छु’, इशानले बताए ।

लिरिकल गीत सुन्नुहोस् :-

प्रतिक्रिया