Bisal Chautari Logo

फ्राइडे रिलिज : ‘हरि’, ‘अमेरिका बोइज’ र ‘बेबी आइ लभ यू’ आजबाट

- १८ जेष्ठ २०७५, शुक्रबार ०३:४३ मा प्रकाशित


friday release nepali movies 01 Jun 2018
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ १८, शुक्रबार । फ्राइडे रिलिज अन्र्तगत यो शुक्रबार तीन नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । चर्चित अभिनेता बिपिन कार्की स्टारर फिल्म ‘हरी’, ‘अमेरिका बोइज’ र ‘बेबी आइ लभ यू’ रिलिजमा आएका छन् ।
सफल केसी र प्रतिक गुरुंगले संयुक्त रुपमा निर्माण गरेको फिल्म हो ‘हरि’ । जसमा अभिनेता बिपिन कार्की शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा उनका विभिन्न भूमिका छन् । बिपिनसागै हरीमा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्होमो, लक्ष्मी वर्देवा, सुनिशा बजगााई लगायतको अभिनय छ ।

यस्तै फिल्म ‘अमेरिका बोइज’ अमेरिका जान खोज्ने नेपाली युवाको कथा हो । कमेडी रुपमा प्रस्तुत गरिएको फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, अभय बराल, आशिष प्रसाईं लगायतको मुख्य भूमिका छन् । प्रवेश पौडेल निर्दे्शित फिल्मलाई प्रकाश भूजेल र ईन्द्र प्रसाद खरेल मिलेर बनाएका हुन् ।


युवा पुस्ताको प्रेम कथालाई बुनेर बनाइएको फिल्म हो ‘बेबी आइ लभ यू’ । फिल्ममा दुई नव कलाकार सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । जनक पाण्डेको निर्देशन रहेको फिल्मलाई शिव न्यौपाने र सृजना परियार मिलेर बनाएका हुन् । फिल्ममा सन्तोष र पूजासागै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया