Bisal Chautari Logo

नयाँ वर्षमा यम बरालले अमेरीकामा दर्जन गीत प्रस्तुत गर्ने

- १९ चैत्र २०७०, बुधबार १३:४१ मा प्रकाशित


Yam Baral live so newyork
विशाल चौतारी समाचार
काठमाडौं, १९ चैत ।
नयाँ वर्षको उल्लास नेपालमा अंग्रेजी मितिलाई बढि मान्ने गरेका छन् । तर नेपाल बाहिर हुने नेपालीहरुले भने अंग्रेजी मितिलाई खासै वास्ता नगरी नेपाली मिति अनुसारको नयाँ वर्षलाई भव्य रुपमा मनाउने गरेका छन् ।
नेपाली मिति अनुसार नयाँ वर्ष २०७१ साललाई स्वागत गर्न तथा सुभकामना आदान प्रदान गर्न अमेरीकामा चर्चित गायक यम बराल नाइट हुने भएको छ । १२ अप्रिलमा हुने  सो कार्यक्रममा गायक बरालले लाइभ आफ्ना चर्चित–चर्चित गीतहरु गाउने भएका छन् । कार्यक्रममा गायक बरालले करिव १२ देखी १५ वटा आफ्ना चर्चित गीतहरु गाउने भएका छन् ।
केही समय अगाडी चर्चित गायक यम बराल नेपाल आएर नमस्ते ब्याण्ड लगायतको विभिन्न साङ्गीतिक कन्र्सटहरुमा भव्य पर्फमेन्स दिएर गएका थिए । अमेरीकमा ‘शुभकामना साझ–२०७१’ नामक लाईभ कन्र्सट अमेरीकामा रहेको चौतारी रेस्टुरेन्टमा हुने भएको छ । लाइभ कन्र्सटको बारेमा कुराकानि गर्दै गायक बरालले भने–‘जहाँ गएपनि मलाई नेपाली गीत संगीतले यो स्थानमा पुर्‍याएको कारणले मैले नेपाली गीत संगीतलाई माया गरिरहनु पर्छ भन्ने लाग्छ । र म जहा रहेपनि नेपाली गीत संगीतलाई माया गरिरहने छु, गायक बरालले बताए ।’ त्यस्तै गायक बरालले नयाँ वर्षको सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिदै नेपाली नयाँ वर्षलाई सबै नेपालीहरुले स्वागत गर्न अनुरोध समेत गरे ।
‘शुभकामना साझ–२०७१’मा हास्य कलाकार गोपाल नेपाल ‘फिस्टे’ गायिका सृजना लामा, गायक राम श्रेष्ठ लगायतको पनि प्रस्तुती रहने भएको छ ।

add

प्रतिक्रिया