Bisal Chautari Logo

शिव र करिश्माको छोरा–छोरी ‘एउटा यस्तो प्रेम कहानी’बाट यसरी भयो डेब्यु

- १ जेष्ठ २०७५, मंगलवार १५:०२ मा प्रकाशित


Shakti Shrestha and Kabita Manadhar movie YEUTAA YESTO PREM KAHANI
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ १, मंगलबार । चर्चित सेलिव्रेटी शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धर छोरी कविता मानन्धर फिल्म खेल्ने खबरको औपचारिक घोषणा गरिएको छ । मंगलबार प्रेसमिट गर्दै फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा शिव श्रेष्ठका छोरा र करिश्मा मानन्धरकी छोरी रहने औपचारिक जानकारी गराइएको हो ।
छोरीको डेव्यु फिल्म राम्रो हुने आशा सदाबहार अभिनेत्री करिश्मा मानन्धरले राखिन् । ‘आज मेरो लागि अचम्म र खुसी लाग्दो दिन हो’, करिश्माले भनिन्, ‘म जुन क्षेत्रमा हुर्कें बढें, त्यही क्षेत्रमा कवुले हात हालेको छ । अझ शिव दाईको फिल्मबाट छोरीले यो अवसर पाउादा आफुलाई भाग्मानी ठान्दछु ।’
यता दर्शकमाझ ठुल्दाई नामले परिचित अभिनेता शिव श्रेष्ठले आफ्नो छोराको चाहना बमोजिम फिल्ममा लिएको र करिश्मा छोरी कवितालाई टिमले रोजेको बताए । ‘शक्तिले जहिल्यै ड्याडी म हिरो कहिले बन्ने भनेर सोध्यो ? मैंले समय आउाछ भन्थें । समय आएर नै उसलाई हिरो बनाएको हुा’, उनले थपे, ‘कविता छोरीलाई चाहिं टिमले नै रोजेको हो ।’
अध्ययनको शिलशिलामा अष्ट्रेलिया बस्दै आएका शत्तिले फिल्ममा राम्रो गर्ने बताए । अध्यनकै शिलशिलामा अमेरिका बस्दै आएकी कविताले पनि फिल्मका लागि सक्दो मिहेनग गर्ने बताइन् । रिभेञ्ज लभ स्टोरी फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् ।
फिल्ममा शिव श्रेष्ठ सहित प्रियंका कार्की, बर्षा राउत, आयुशमान देशराज जोशी, संजोग कोइराला लगायत वरिष्ठ कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मलाई शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राई मिलेर निर्माण गरेका हुन् ।
टिजर हेर्नुस् :–

Movie Name:- YEUTAA YESTO PREM KAHANI
Starring:-Shiva Shrestha, Priyan Karki, Ayushman Desraj Shrestha, Barsha Rawot, Sanjog koirala, Basundhara Bhushal, Kiran KC, Ang Tembe Sherpa, Mithila Sharma, Bishnu Chemjong, Rekha Fagu, Naren K.C, Dhruba Koirala,
Introducing:- Shakti Shrestha, Kabita Manadhar.

bisalchautari tv

प्रतिक्रिया