Bisal Chautari Logo

‘ड्रिम गर्ल’को फस्र्टलुक पोस्टर सार्वजनीक,जान्नुहोस् प्रदर्शन मिती कहिले ?

- १४ बैशाख २०७५, शुक्रबार ०९:२२ मा प्रकाशित


Movie ‘Dream Girl’s First Looks Posters’ public

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १३,शुक्रबार। ‘ड्रिम गर्ल’ फिल्मको प्रदर्शन मिति हेरफेर भएको छ । निर्देशक ऋषिराज आचार्यले फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै ड्रिम गर्ल दशैको उपहार स्वरुप असोज १९ गते दर्शकमाझ आउने जानकारी दिएका हुन् ।
दुई करोड भन्दा बढी लगानी लागेको फिल्म डिसिएनले बितरण गर्दैछ । प्रेमकथानक फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा,लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् ।

निर्देशक ऋषिराजले ‘ड्रिम गर्ल’ को बिदेशमा निकै डिमाण्ड भएकाले पहिला देशबाहिर प्रदर्शन गर्न लागीएको जानकारी दिएका छन् । ‘फिल्मको बिदेशबाट निकै माग आइरहेको छ । त्यसैले हामीले प्रदर्शन मिति केही पर सारेका हौ,’ उनी भन्छन्, ‘फिल्म पहिला अष्ट्रेलिया, युरोप तथा खाडी मुलुकहरुमा प्रदर्शन गर्दैछौ ।’ उनका अनुसार ‘ड्रिम गर्ल’ को जुन महिनाको दोश्रो साता कतार र तेश्रो साता पोर्चुगर्लमा बिशेष शो हुने पक्का भइरहेको छ । त्यसपछि अमेरिका, जापान, हङ्कङ, कोरियालगायतका देशमा पनि प्रदर्शन हुने छ ।

प्रतिक्रिया