Bisal Chautari Logo

राजेशपायलले प्रियंकासंग जिउने, मर्ने चाहना व्याक्त गरेपछी….

- २० चैत्र २०७०, बिहीबार १६:५३ मा प्रकाशित


Rajesh Payal Rai And Priyanka Parki

‘चर्चित गायक राजेशपायल राईले अहिले सम्म अविवाहीत रहेपनि अभिनेत्री प्रियंका कार्कीलाई जिउने मर्ने चाहना एउटा गुलाफको फुल दिएर होइन, सिधै पव्लिकको अगाडी नै चाहना व्याक्त गरेका छन् ।
विशाल चौतारी समाचार
काठमाडौं, २० चैत ।
नेपाली आधुनिक तथा पश्र्व गायकका नम्वर एक गायक राजेशपायल राई अहिले समेत अविवाहीत रहेका छन् । नेपाली संगीतमा हरेक दिन गीतहरुलाई जन्म दिइरहने गायक राजेशपायलले अहिले सम्म बिबाह नगर्नुको कारण भने सधै एउटै आउने गरेको छ –‘भगवान्ले माथिबाटै जुराइदिनु पर्छ ।’
तर चर्चित गायक राजेशपायल राईले अहिले सम्म अविवाहीत रहेपनि अभिनेत्री प्रियंका कार्कीलाई जिउने मर्ने चाहना एउटा गुलाफको फुल दिएर होइन, सिधै पव्लिकको अगाडी नै चाहना व्याक्त गरेका छन् । अभिनेत्री प्रियंका कार्किपनि पाश्र्व गायनका नम्वर एक गायक राजेशपायलले यस्तो प्रस्ताव राखेपछी दंग परेर लगातार एउटै शब्द भनिन्,–‘नाइ नभन्नु ल’ ।
प्रसंग हो आज काठमाडौमा भएको चलचित्र ‘नाइ नभन्नु ल २’ को कार्यक्रममा गायक राजेशपायलले सिनेमाको शिर्ष गीत ‘तिमीसंग जिउने मर्ने चाहना छ मेरो’बोलको गीतको लाइभ पर्फमेन्सको । सो गीत गाउने क्रममा गायक राईले अभिनेत्री कार्किलाई स्टेजमा ल्याएर नचाएका थिए ।

add

प्रतिक्रिया