Bisal Chautari Logo

माधवकुमार र नारायण काजीले हेरे ‘शत्रु गते’ || फिल्म तेस्रो सातामा प्रवेश

- २४ चैत्र २०७४, शनिबार ०६:२९ मा प्रकाशित


satru gate movie news
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २३, शुक्रबार । फिल्म ‘शत्रु गते’ सफलतापुर्वक प्रदर्शन भईरहेको छ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ लाई दर्शक मार्फत वर्ड अफ माउथ राम्रो मिलेकै कारण तेस्रो सातामा शानदार प्रवेश गर्न सफल भएको छ । फ्यामिली ड्रामा फिल्मलाई दर्शकले रुचाएपछी फिल्म प्रदर्शन भइरहेको अधिकाास हलमा यसले निरन्तरता पाएको छ ।
तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल फिल्म चर्चामा पनि छ । गीतसंगीत , ट्रेलर र स्टारकास्टको कारण चर्चामा आएको फिल्मलाई पुर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्ऽका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हेरेका छन् । राजधानी स्थित बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीहरुसागै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं , बेदुराम भुषाल , एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले हेरेका हुन् । फिल्म हेरिसकेपछी सबैले फिल्मले भरपुर मनोरंजन दिएको बताएका छन् ।

फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । ‘फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा थियो , त्यसैले त्यसबेला फिल्म हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन ‘फिल्मलाइ दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’ फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आाचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय रहेको छ ।
फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायााकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

प्रतिक्रिया