Bisal Chautari Logo

इमरान र सोनाक्षीले हलिउड सिनेमाको ट्रेलर सार्वजनिक गरे (फोटो फिचर सहित)

- २१ चैत्र २०७०, शुक्रबार १३:४४ मा प्रकाशित


Imran Khan And Sonakshi Sinha Launch The Trailer Of rio2 
एजेन्सी
मुम्बई, २० चैत ।
सन् २०११ सालमा रिलिज भएको हलिउड चलचित्र ‘रियो’लाई दर्शकहरुले धेरै मनपराएका थिए । सो चलचित्रको स्टोरी, डाइलग र एनीमेशन दर्शकहरुले धेरै मनपराएका थिए । चलचित्र सुपरहीट भएपछि सो चलचित्रका डाइरेक्टर कार्लोस सल्डानाले यस चलचित्रको सिक्वेलपनि तयार बनाएका छन् ।
केही दिन अगाडी मुम्बइमा आयोजीत एक कार्यक्रमको क्रममा चलचित्र ‘रियो–२’को ट्रेलर सार्वजनिक गरेका छन् । यस चलचित्रको ट्रेलर बलिउँड अभिनेता इमरान खान र अभिनेत्री सोनाक्षी सिन्हाले सार्वजनिक गरेका छन् । यस चलचित्रको हिन्दी भर्सनको लागी अभिनेता इमरानले ब्लु र अभिनेत्री सोनाक्षीले मकाव्य नामक कलाकारको आवाज दिएका छन् । यो चलचित्र अप्रिल ११ तारीकको दिन रिलिज गर्ने भएको छ ।
यस चलचित्रको प्रोमो सार्वजनिक कार्यक्रममा अभिनेता इमरान र अभिनेत्री सोनाक्षी एकदमै खुसि मुद्रामा प्रस्तुत भएका थिए ।

add

प्रतिक्रिया