Bisal Chautari Logo

पत्नी यसोदाको यादमा मदनकृष्णले फेसबुक लेखे मार्मिक शब्द (भिडियो सहित)

- २० चैत्र २०७४, मंगलवार १७:०० मा प्रकाशित


Madan Krishna Shrestha wife yasodha shrestha death
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २०, मंगलबार । वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यसोदा श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ ।
अन्तिम संस्कारमा उपस्थित सबैको आाखा रसाउादा सोमबार रातिदेखि नै भाव विह्वल भएका मदनकृष्णले आफुलाई सम्हाल्न सकिरहेका थिएनन् । मदनकृष्णले अन्तिम संस्कारपछि फेसब’कमा अतिनै मार्मिक शब्दमा आफ्नो मनको भावहरु पोस्ट गरेका छन् । ७ बजेर ८ मिनेट जादा मदनकृष्णले आफ्नो अफिसियल फेसब’कमा लेखेको शब्द यस्तो छ,
सबैले माया मारेर केभो
तिमी छंदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउंदा
आंसु छंदैनि मलाई स्यार गर्ने
मदनकृष्णको यो पोष्टलाई धेरै सेलिव्रेटि तथा उहाको फ्यानहरुले सियर गरिरहेका छन् । हामिले समाचार बनाइरहेको समय १ घण्टामै उहाको पोष्टलाई ११ हजार बढीले लाइक र ५ सय भन्दा माथि फ्यानहरुले सियर गरेका छन् । मदनकृष्णको यस पोष्टलाई सियर गर्दै हास्य अभिनेता केदार घिमिरेले लेखेको छन्, ‘मदन दाइको मार्मिक शब्द । त्यो पनि आजको दिनमा ।’
कलाकार मदनकृष्णले यशोदा सुबेदीसाग २०३० सालमा अन्तरजातीय विवाह गरेका थिए ।
लामो समयदेखि क्यान्सरबाट ग्रसित यशोधाको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । उनको गए राति पौने ११ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको परिवारले बताएको छ । मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्ऽाको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो । क्यान्सरका कारण पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएका थिए । उनको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । निधनको खबर लगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । उनका एक छोरा यमन र छोरी सरना छन् । छोरा यमन श्रेष्ठले दागबत्ती दिएका थिए ।

प्रतिक्रिया